तुलसीपुरमा जनप्रतिनिधिबाट १८ लाख सहयोग

 असार २१, २०७७


तुलसीपुर,२१ असार ।

तुलसीपुर उपमहानगररको मेयर बिपत ब्यबस्थापन कोषमा १८ लाख बढि सहयोग प्राप्त भएको छ । कोरोना महामारीका बेला रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपमहानरका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबाट हुने रकम सहयोग गरेका हुन ।

विपतको यो समयमा जनप्रतिनिधिले गरेको सहयोग प्रशंसा योग्य रहेको नगर प्रमुख घनश्याम पाण्डेले बताएका छन । विपतको बेला स्वंय जनप्रतिनिधी नै दिन रात नभनि खटिएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सबैको साथ सहयोग पाएको उनले बताएका थिए ।

उपमहानगरका नगर प्रमुख,उपप्रमुख वडाध्यक्ष, वडा सदस्य,कार्यपालीका सदस्य लगायतबाट एक मुष्ट १८ लाख १३ हजार रुपैया मेयर बिपद ब्यबस्थापन कोषमा जम्मा भएको नगर प्रमुख सचिवालय प्रमुख मान बहादुर रावतले जानकारी दिएका छन । यस कर्मचारीले पनि कोषमा सहयोग गरेका थिए ।

तपाईंको प्रतिक्रिया