जन्मदिनको अवसरमा रक्तदान

 असार २१, २०७७



घोराही, २१ असार । रोल्पाको त्रिबेणी गाउँपालिका ७ त्रिबेणी निबासी हाल घोराही बस्दै आउनुभएकी भिमा डाँगीले रक्तदान गर्नुभएको छ ।

रक्त सञ्चार केन्द्र दाङमा कार्यरत डाँगीले रचनात्मक रुपमा जन्मदिन मनाउने क्रममा रक्तदान गर्नुभएको हो । पछिल्लो समयमा जन्मदिनलाई रचनात्मक गराउने कार्यलाई जोड दिने गरेको पाइएको छ । 

लकडाउनको समयमा रगतको अभाव हुने भन्दै रगतको कमी हुन नदिन र अन्य दिदिबैनीका लागि हौसला प्रदान गर्नका लागि रक्तदान गरेको डाँगीले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया