जनप्रतिनिधि आएपछि तीन वर्षमा के के काम भए ?

 असार २५, २०७७

तुलसीपुर,२५ असार ।

स्थानिय तहमा जनप्रतिनिधिहरु आएको तिन वर्ष पुरा भएको छ । २०७४ साल असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिधिहरुले असार २५ गते जिम्मेवारी सम्हालेका थिए । पाँच बर्षको लागी निर्वाचित जनप्रतिनिधिहरुको अझै दुई वर्ष बाँकी छ । तिन वर्ष पुरा गरेको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले आज तुलसीपुरमा गौरव पुर्ण तिन वर्ष र आगामी गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

सोहि अवसरमा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनको समयमा आफुहरुले गरेको प्रतिवद्धता अनुसार काम गदै आएको बताएका छन् । “खुसी जनता–समृद्ध तुलसीपुर ” “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर” को अभियानमा रहेको बताएका छन् । उनले उपमहानगरपालिकालाई देशकै नमूना स्थानीय सरकारको रुपमा स्थापित गर्ने दुरदृष्टिका साथ आफुहरुले काम गरीरहेको बताएका छन् । आफुहरुले जिम्मेवारी सम्हाले देखी मुलुकले अनुसरण गर्ने खालका केहि योजना र कार्यक्रमहरु अगाडी वढाएको उनको भनाई छ ।

कोभिड १९ को संक्रमणका क्रममा संक्रमितको संख्या वढ्न नदिन र कोहि भोकै बस्न नपरोस् भनेर विभिन्न योजनाहरु अगाडि वढाएको उनले बताएका छन् । एकाएक विश्वलाई नै समस्यामा पार्ने गरी आएको कोभिड १९ को महामारीलाई नियन्त्रण तथा व्यवस्थापनमा सिमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण र अलपत्र अवस्थामा देश तथा विदेशमा रहेका नागरीकहरुलाई घरसम्म ल्याउनुका साथै रोजगारी गुमेर घरको चुलो नबल्नेहरुको चुलो बाल्नमा सफल भएको उनको दावी छ ।

निर्वाचनको समयमा प्रतिवद्धता गरे अनुसार नै तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय, मेट्रो कलेज, लगायतका वृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको , तुलसीपुरको पहिचानका रुपमा तुलसी टे«ड टावरको डिपिआर समेत भएर नगर विकास कोषबाट ऋण स्वीकृत हुने चरणमा रहेको, जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई यो आर्थिक वर्षबाट अगाडी वढाएको , चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिईएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको, मेसनरी समान खरिद गरेको, उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर वनाउने अभियान अन्र्तगत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिव ८ सय घर खरको छानोमुक्त भइसकेको, अन्य ७ सय ५० घरका लागि टेण्डर प्रक्रिया भइ जस्तापाता खरिद भइसकेको लगाएतका थुप्रै उपलब्धीमुलुक कामहरुको बारेमा जानकारी दिईएको छ ।

तपाईंको प्रतिक्रिया