दाङका ५ सहित ७० संक्रमित थपिए
![](https://janamukhikhabar.com/wp-content/uploads/2020/06/corona-update-new-1-1024x576.jpg)
काठमाडौँ, २७ असार ।
नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कारोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सिराहका १, सुनसरीका ४ र उदयपुरका ४ जनामा कारोना भाइरस पुष्टि भएको हो ।
यस्तै मोरङका ३, धादिङका ३, काठमाडौँका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कारोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी चितवनमा १, सिन्धुलीमा २, रौतहटका १, पर्वत १, स्याङजाका १, पाल्पाका १, कास्कीका १, बाग्लुङका ३, तनहुँका ३, स्याङ्जाका ३, म्याग्दीका २, कास्कीका २, बाँकेका २, बर्दियाका २, दाङका ५, रुकुम पश्चिमका १, सुर्खेतका ३, सल्यानका १, जुम्लाका २, अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तपाईंको प्रतिक्रिया