अमिताभ र अभिषेकलाई कोरोना

 असार २८, २०७७

असार २८ ।

बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए। उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्। उनले बुबा र आफूलाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआत्तिन आग्रह गरेका छन्।

तपाईंको प्रतिक्रिया