आठबिसकोटको बजेट ९१ करोड १४ लाख, शिक्षा पहिलो प्राथमिकतामा

 असार २९, २०७७


हिरा परियार,रुकुम पश्चिम, २९ असार ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट नगर सभाबाट पारित गरेको छ । नगर उपप्रमख गिता नेपालीले आर्थिक वर्ष २०७७/०७८ को कुल ९१ करोड १४ लाख ७५ हजार बजेट ८ औँ नगर सभामा प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कुल बिनियोजित बजेट मध्ये पुजीँगत खर्च तर्फ रु. ५२ करोड ७५ लाख ३३ हजार अर्थात ५७.८५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

यस्तै चालु खर्च रु. ३८ करोड ३९ लाख ४२ हजार आर्थत ४२.१५ प्रतिशत बजेट बिनियोजन गरेका छ । गत बर्षको बजेटमा पनि शिक्षालाई पहिलो प्राथामिकतामा राखेको नगरपालिकाले यो वर्षको बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । गत वर्षका बजेटको तुलनामा यो बर्ष शिक्षा क्षेत्रमा झन्डै १० करोड बढि रकम बिनियोजन गरेको छ ।

यो वर्ष शिक्षा,युवा तथा खेलकुदको क्षेत्रमा रु. ३३ करोड ३२ लाख ७० हजार २ सय रुपैँया बिनियोजन गरेको छ । यस्तै दोश्रो प्रथामिकतामा रहेको स्वास्थ्य क्षेत्रको लागि १३ करोड ४६ लाख ७५ हजार रकम बिनियोजन गरेको छ । कृषि पशुपन्क्षी तथा सहकारीको क्षेत्रमा रु ६ करोड २७ लाख रकम नगर उपप्रमुख नेपालीले नगर सभाबाट प्रस्तुत गर्नुभुुुुएको छ । उद्योग ब्यापारको क्षेत्रमा ६ करोड २७ लाख बजेट सभामा प्रस्तुत गरिएको छ भने पुर्वाधार बिकास तर्फ रु. १७ करोड ३० लाख रकम बिनियोजन गरेको छ ।

यस्तै बिपद ब्यवस्थापन तथा पुनः स्थापनाका क्षेत्रमा २० लाख रकम बिनियोजन गरेको छ ।

तपाईंको प्रतिक्रिया