वडाध्यक्ष केसीले घरमै बसेर कोरोना जिते
तुलसीपुर, २९ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसी लाई गत असार १६ कोरोनो पुष्टि भयो । उनि सहित मावि कालाखोला क्वारेन्टाईनमा बसेका ६ जनाको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुदा कोरोना रिर्पोट पोजेटिभ आएको थियो । आईसोलेसनमा बेड नभएको भन्दै तीन दिन पछि पाँँच संक्रमितलाई आइसोलेसनमा लगिएको थियो ।
वडाध्यक्ष केसी भने आफु होम आईसोलेसनमा बस्ने भएपछि उनलाई आईसोलेसन अस्पतालमा लगिएको थिएन । वडाध्यक्ष केसी घरमै बसेको १४ दिनपछि दोस्रो चरणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाव संकलन गरी बाँकेको भेरी अस्पताल नेपालगञ्ज परिक्षणका लागी पठाईएको थियो ।
सोमवार भएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । दुई हप्ता सम्म उनीमा कोरोनाको कुनै लक्षण देखीएन । उनको पछिल्लो रिपोट नेगेटिभ आएसंगै सम्भवत छिट्टै नै काममा फर्किने बताईएको छ ।
तपाईंको प्रतिक्रिया