नियमित खोप सेवाबारे अभिमुखिकरण
तुलसीपुर,३१ असार ।
तुलसीपुर ११ बेलटाकुरामा रहेको उरहरी श्वास्थ्य चौकिमा नियमित खोप सेवा मार्फत सरसफाई प्रर्बद्धनबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा श्वास्थ्य चौकिका ईन्जार्च चित्र बहादुर वलीले प्रशिक्षण दिएका थिए ।
उनले नमुना परीवारको लागि आधारहरु समेत प्रस्तुत गरेका थिए । उनले बच्चालाई ६ महिनामा स्तनपान गराएको हुनुपर्ने, पानी र दुध उमालेर खुवाउने, सफा र तजा खुवाउने,सावुनपानीले हात धुने, सफा चर्पिको प्रयोग गर्ने र १५ महिना भित्र सबै खोप पुरा गरे पछि नमुना परीवारको प्रशंसा पत्र दिईने जानकारी दिएका थिए । वडामा हाल खोप लगाउने बालवालीका २ सय २४ जना रहेको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजसेवि तिलक बहादुर बस्नेतले पुर्ण खोप र सुरसफाइ युक्त वडा बनाउनका लागि सबै जिम्मेवजार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजिकण हेल्थ असिस्टेन्ट यज्ञ केसीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया