दलित नागरीक समाजले जातीय भेदभाव विरुद्ध अभियान चलाउने

 साउन ०१, २०७७

तुलसीपुर,१ साउन ।

दलित नागरीक समाज दाङले जातीय भेदभाव तथा छुवाछुत बिरुद्धको अभियान सञ्चालनको घोषणा गरेको छ । अभियानका संयोजक छवि परियारको अध्यक्षता तथा तुलसीपुर उपमहानरका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा घोषणा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले जातका आधारमा हुने विभेद समाजका लागि स्विकार्य नहुने बताएका थिए ।

उनले तुलसीपुरलाई विभेदमुक्त बनाउनका लागि आफु प्रतिबद्ध रहेको बताएका थिए ।
समाजले दलित र गैरदलित विच अन्र्तक्रिया कार्यक्रम गर्ने ,विभेद विरुद्ध खवरदारी, निति कार्यान्वयनका लागि पहल थाल्ने लगायतका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

संयुक्त दलित युवा अभियानका संयोजक खेमराज विश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंह,ज्ञानज्योती आधारभुत विद्यालयका प्रअ मेघराज घिमिरे,दलित अधिकारकर्मीहरु पोषण रनपाल,युवा करारा,निर्मल नेपाली,लिलाधर नेपाली लगायतले बोलेका थिए ।

कार्यक्रममा समाजकि कोषाध्यक्ष निर्मला गुप्ताले सार्वजनिक गरिएको एक अपिल प्रस्तुत गरेकि थिईन भने सहजीकरण सचिव पोषण सेन्चुरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया