कुवेत,साउदी र कतारबाट आएका थिए तुलसीपुरका तीन संक्रमित

 साउन ०२, २०७७

तुलसीपुर,२ साउन ।
तुलसीपुर ३ सहित दाङमा ५ कोरोना संक्रमित थपिएका छन । बाँकेको भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का बर्ष २० र ३२ , वडा नम्बर १६ का बर्ष ३४ का पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनिहरु सेन्टर मावि र विजौरी क्वारेन्टाईनमा बसेका थिए । उनिहरु कुबेत,साउदी र कतारबाट आएर क्वारेन्टाईनमा बसेको कोरोना भाईरस फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

यस्तै दंगीशरण गाउँपालिका वडा नम्वर ३ का बर्ष ५ र बर्ष ३० का दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ । अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ४ जना महिला र ९ जना पुरुष गरी १३ जना , बर्दियाका ३ जना महिला र ७ पुरुष गरी १० जनामा संक्रमण देखिएको हो ।

तपाईंको प्रतिक्रिया