स्व.धितालकी छोरी मनिषाले भनिन्- ‘अनुसन्धानको फाईल पल्टाउनुस’
तुलसीपुर,६ साउन ।
सञ्चार उद्यमी देवी प्रसाद धिताल हेमराज हत्या काण्डको १० बर्ष वितिसक्दा पनि घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन । २०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले गोलि हानि उनको हत्या गरेको थियो । तर हत्या भएको एक दशक पुगि सक्दा पनि कस्ले र किन गरेको हो भन्ने खुल्न सकेको छैन ।
यसैविच, स्वर्गीय धितालको १०औं स्मृती दिवशको अवसरमा आयोजित कार्यक्रममा छोरी मनिषा धितालले १० बर्ष सम्म हत्यारा पत्ता नलागेको भन्दै आक्रोस पोखेकि छिन । उनले अनुसन्धान फाईल पल्टाएर चाडो हत्यारा पत्ता लगाउन आग्रह गरेकि छिन ।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अनुसन्धानमा रहेका केहि कुराहरु सार्वजनिक गर्न नमिल्ने हुदा हरेक घटनाको अनुसन्धानमा सघाउन सबैको जिम्मेवारी हुने प्रमुख जिल्ला अधिकारी रिजालको भनाई थियो । केहि घटनाको अनुसन्धान बर्षौ लाग्ने हुदा कुनै न कुनै अनुसन्धानको निरन्तरताले सफलता मिल्ने उनको भनाई छ ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले अनुसन्धानको फाईल अध्ययन गरिरहेको बताएका थिए । कार्यक्रमको सहजिकरण प्रतिष्ठानका महासचिब महेन्द्र लामिछानेले गरेका थिए ।
कार्यक्रममा त्रिशिद्धेश्वी राप्ती यातायात सेवा प्रा.लि.को प्राङगणमा रहेको स्वर्गीय धितालको शालिकमा माल्यापर्ण गरीएको थियो भने नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त सञ्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोग तथा त्रिशिद्धेश्वरी राप्ती यातायाता सेवा प्रालिका पदाधिकारी,कर्मचारी तथा मजदुर गरि १९ जनाले रक्तदान गरेका थिए ।
तपाईंको प्रतिक्रिया