लियो क्लवलाई टि-सर्ट

 साउन ०८, २०७७

शिव पुन,तुलसीपुर ,८ साउन ।

लियो क्लब अफ दाङ तुलसीपुरले कार्यसमितिकाे लागि टि-सर्ट वितरण गरेको छ। क्लबका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा लायन्स क्लब डिस्टिक 325B2 का को चिफ-एडभाइजर विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका २६ जना सदस्यलाई टि-सर्ट वितरण गरिएको हाे।

लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमाल र लायन्स क्लब एरिया ५ का कोषाध्यक्ष यज्ञ बहादुर के.सी. विशिष्ट अतिथि रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएको लियो क्लबलाई टि-सर्ट वितरण पछि क्लबको पहिचान स्थापना गर्न थप सहयोग मिल्ने बताएका छन्।

क्लबका सह-सचिव प्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रिपोर्टर्स क्लब दाङका अध्यक्ष तथा क्लब सल्लाहकार शरद रेग्मीको समेत उपस्थिति रहेको थियो। क्लबका सचिव घनश्याम डाङ्गीले सहजीकरण गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राजेन्द्र महतराले धन्यवाद मन्तव्य राखेका थिए।

साथै क्लबको आयोजनामा श्रावण-९ गते शुक्रबार ट्राफिक सचेतना कार्यक्रम र श्रावण-१० गते शनिबार मृगौला पीडित व्यक्तिलाई खाद्यान्न बाड्ने कार्यक्रम राखिएको क्लबका अध्यक्ष सन्तोष के.सी. जानकारी गराएका छन्।

तपाईंको प्रतिक्रिया