बिभिन्न ठाउँमा भएका जातीय विभेदको विरुद्धमा प्रदर्शन

 साउन ०९, २०७७

काठमाडौं, ९ साउन

रुकुम पश्चिममा दलित युवकको हत्यालगायत देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले रुकुमपश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए ।

तपाईंको प्रतिक्रिया