‘सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोभिड–१९ को जोखिम दोब्बर’

 साउन १०, २०७७

काठमाडौं, १० साउन ।

गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए ।

सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई पनि संक्रमणको जोखिम उच्च हुन्छ, अन्य मानिसभन्दा उनीहरु बढी सचेत हुनुपर्छ ।’

डब्ल्यूएचओका अनुसार धूमपानका कारण हरेक वर्ष विश्वभरि करिब ८० लाख जनाको मृत्यु हुने गर्छ । धूमपानको कारण निम्तिएको रोग भएको मान्छेमा कोभिडले धेरै क्षति गर्ने विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।

तपाईंको प्रतिक्रिया