तुलसीपुरमा केहि पसलका ताला फोडिए

तुलसीपुर,११ साउन ।
तुलसीपुर बजारमा रहेका केहि पसलका ताला फोडेर चोेरीको प्रयास भएको छ । गयराति मोवाईल पसल,फेन्सी पसल र प्रिन्ट पसलमा ताला फोडेको पाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज विहान पसल खोल्न जादा सटर खुलेको, ताला फोडेको पाईएको संकेत डिजिटल प्रिन्टका सञ्चालक संगित बस्यालले जानकारी दिएका छन ।
चोरी भए नभएको बारे अझै खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया