आजबाट मनसुन सक्रिय

 साउन १२, २०७७

काठमाडौं, १२ साउन ।

जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।

चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ ।

तपाईंको प्रतिक्रिया