क्वारेन्टाईनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि
तुलसीपुर,१३ साउन ।
बर्दियाको क्वारेन्टाईनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टाईनम बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाईनम राखेको थियो ।
आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए । उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जानकारी दिए ।
पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा थियो । रिपोर्ट आइसकेपछि उनको शव सेनाले व्यवस्थापन गरेको छ ।
तपाईंको प्रतिक्रिया