युवाहरुको गतिविधिमा निगरानि बढाईने
तुलसीपुर,१६ साउन ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ स्थित मोती टोल विकास संस्थाले युवाहरुको गतिविधि बारे निगरानी गर्ने भएको छ । मोतीपुरमा नवगठित टोल सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीका कारण विद्यालय बन्द भएको अवस्थामा छोराछोरीले गलत काम गर्न सक्ने हुदा अभिभावक मार्फत सचेत गराउनुपर्ने उल्लेख गरिएको छ ।
समितिका संयोजक मोहन बस्नेतको अध्यक्षता तथा समाजसेवी तिलक बहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं जस्पुर प्रहरी चौकिका ईन्चार्ज कृष्ण बहादुर पुजाराको विशिष्ठ आतिथ्यमा बैठक बसेको हो । बैठकले समाजमा शान्ती शुरक्षा कायम राख्नका लागि टोल टोलमा सुरक्षा समिति गठन गर्ने कार्यको प्रशंसा गर्दै तुलसीपुर उपमहानगरपालीका र जस्पुर प्रहरी चौकिलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै समितिको बैठक हरेक महिनाको पहिलो शनिवार बस्ने निर्णय समेत गरेको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले टोल लाई शान्ती सुरक्षा कायम राखी सभ्य समाज निर्माणका लागी हरेक नागरीक जिम्मेवार हुनुपर्ने बताएका थिए । सुरक्षाको हिसावले टोलको अवस्था सामन्य रहेको भन्दै कुनै शंकाष्पद ब्यक्ति आए निगरानी बढाउनुपर्नेमा जोड दिएका थिए । बैठकको सहजिकरण सचिब अरुण चौधरीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया