देउखुरीमा ओली वंश समिति गठन

 साउन १६, २०७७

लमही १६ साउन ।

देउखुरीमा पहिलो पटक ओली वंश समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । आज शुक्रवार लमहीमा बसेको संयुक्त भेलाले देउखुरीका चार वटा स्थानिय तह राजपुर, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिकामा छरिएर रहेका ओली वंशलाई एकता बद्द गर्ने उदेश्यले भेलाको आयोजना गरिएको हो । ओली वंश समन्वय समाज नेपाल जिल्ला कार्य समिति दाङ्गको आयोजनामा भएको कार्यक्रममा देउखुरीका चार वटै स्थानिय तहमा पालिका र नगरपालिका स्तरिय फरक फरक समिति गठन गरेको छ ।

आज शुक्रवार बसेको भेलाले लमही नगरपालिकामा मानसिंह ओलीको अध्यक्षतामा तेह्र सदस्यीय समिति गठन भएको छ, जसको उपाध्यक्षमा भिम बहादुर ओली , टोप बहादुर ओली सचिव र डिल्ली ओली कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै राप्ती गाउँपालिकामा जीवराज ओली अध्यक्ष, जगत बहादुर ओली उपाध्यक्ष, भिम बहादुर ओली सचिव र डिला राम ओली कोषाध्यक्ष र अन्य नौ जना सदस्य रहेका छन् । त्यसै भेलाले राजपुर गाउँपालिकाको पनि समिति गठन गरेको छ । जसको अध्यक्षमा चेत बहादुर ओली, उपाध्यक्षमा रेवती ओली, सचिवमा भिम ओली र कोषाध्यक्षमा अम्मर बहादुर ओली रहेका छन भने अन्य नौ जना सदस्य रहेका छन् ।

गढवा गाउँपालिकाको पनि आजै शुक्रवार ओली वंश समिति गठन भएको छ । जसको अध्यक्षमा नारायण ओली, उपाध्यक्षमा अम्मर ओली, सचिवमा मधुसुदन ओली र कोषाध्यक्षमा नर बहादुर ओलीलाई चयन गरिएको छ भने अन्य पांच जनालाई सदस्यमा राखिएको छ । संयुक्त भेलालाई सम्बोधन गर्दै प्रदेश नम्बर पांचका संयोजक मिनराज ओलीले आवश्यकता ठान्दै देशैभर ओली वंश समन्वय समाज बिस्तारमा लागेको बताएका छन ।

ओली वंश समन्वय समाज दाङ्गका अध्यक्ष रेख बहादुर ओलीको अध्यक्षता एबम प्रदेश नम्बर पांचका संयोजक मिनराज ओलीको प्रमुख आतिथ्यता, केन्द्रिय संरक्षक अम्मर ओली, जागेश्वर ओली र केन्द्रिय सदस्य केशब ओलीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव कमल ओलीले गरेको यज्ञ बहादुर ओली प्रकाशले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया