काँग्रेसद्वारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

 साउन १६, २०७७

काठमाडौं, १६ साउन

नेपाली काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ । नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो ।

आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेविसंघको शुक्रबारबाट म्यादन सकिएको थियो भने अन्य भ्रातृ संस्थाको म्याद सकिएको लामो समय भएको थियो ।

तपाईंको प्रतिक्रिया