बाँकेमा तीन दिन निषेधाज्ञा जारी

 साउन १८, २०७७

नेपालगञ्ज,१८ साउन ।
बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना फैलिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा विहिवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण फैलिन नदिन हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन। उनले समुदायमै कोरोना फैलिएकाले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेका छन । निषेधाज्ञामा अत्यावश्यक सेवा र बस्तु बाहेक सबै बन्द गरिएको छ ।

तपाईंको प्रतिक्रिया