तुलसीपुरका ३ जनामा कोरोना पुष्टि

 साउन २४, २०७७

तुलसीपुर,२४ साउन ।

तुलसीपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । साउन २१ गते लिईएको स्वाब परीक्षणमा क्वारेन्टाईनमा बसेका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

राप्ति लाईफ केयर क्वारेन्टाइनमा रहेका एक जना ,मावि सेन्टर क्वारेन्टाईमा वसेका एक जना र होम क्वारेन्टाइनमा वसेका एक जनामा संक्रमण पुष्टि भएको कोरोना संक्रमण (कोभिड १९ )तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । वडा नम्बर ८, १७ र ११ का बासिन्दा रहेका उनिहरुको उमेर २२,३४ र ३१ रहेको केसीले जानकारी दिएका छन ।

समुदायमा कोरोना भए नभएको पत्ता लगाउन समुदाय ,कार्यालय ,पत्रकार , व्यापारी,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,चालक,व्यवसायी ,नाई र क्वोरन्टाईनमा बसेका ३०५ जनाको स्वाब संकलन गरिएको थियो । बाकी सबै जनाको रिर्पोट नेगेटिभ आएसंगै समुदाय स्तरमा कोरोना नफैलिएको पाईएको छ ।

तपाईंको प्रतिक्रिया