तरुण बिभागको केन्द्रिय सदस्य बने अनुराग

दाङ, २६ साउन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् । उनले पार्टीको विधान, २०१७ ९ संशोधन सहित को धारा २५ ९९० बमोजिम केन्द्रीय यसअघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन् । यसै बिच नेपाली काङ्रेसका प्रभावशाली नेता तथा पुर्ब मत्री खुम बहादुर खड्काका छोरा अनुराग खड्का पनि तरुण बिभागको केन्द्रिय सदस्यमा मनोनित भएका छन ।
आफ्नो बाबुको मृत्यु पछि अनुराग राजनीतिमा चासो दिदै आएका छन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अनुरागले स्थानीय सङ्ग प्रत्यक्ष भेटघाट पनि गर्दै आएका छन । देशको समसामयिक राजनीतिलाई नजिक बाट नियाल्दै छु, राजनीतिमा बुवाले गर्न बाकी रहेका कामहरुलाई मैले निरन्तरता दिने छु अनुरागले भने ।
तपाईंको प्रतिक्रिया