तुलसीपुरमा २९ नेपाली सेनामा कोरोना देखियो

 साउन २७, २०७७

तुलसीपुर,२७ साउन ।

दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा आज गरिएको कोरोना परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ । गत साउन १८ गते संक्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिनुभयो ।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो । ति जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो ।

अन्य २ जनाको रिर्पोट भने नेगेटीभ आएको छ । संक्रमित २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन् ।

तपाईंको प्रतिक्रिया