कोरोनाबाट थप एक जनाको मृत्यु
तुलसीपुर,३० साउन ।
विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासका अनुसार बिहीबार राती ८ बजे अस्पतालको आइसोलेसनमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार उपचारका लागि भर्ना भएका सिरहाको विष्णुपुर गाँउपालिका १ का पुरुषको बिहीबार मृत्यु भएको हो ।
उपचारका क्रममा समस्या थप बढ्दै जाँदा धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको भए पनि प्रतिष्ठानले शैया खाली नभएको जनाएपछि कोशीमै राखेर उपचार गरिएको थियो । यो सँगै कोशी अस्पतालमा ६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ।
तपाईंको प्रतिक्रिया