५८१ थपिए, १६० जना घर फर्किए

 भदौ ०१, २०७७

काठमाडौं,१ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा महिला १ सय ७३ र पुरुष ४०८ जना रहेका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ।

तपाईंको प्रतिक्रिया