रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

 भदौ ०२, २०७७

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । 

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ । 

तपाईंको प्रतिक्रिया