नक्साको स्वरूप बिगारेको भनेर व्यापक आलोचना भएपछि सांसदको लोगो फिर्ता

 भदौ ०३, २०७७

भदौ ३,काठमाडौं ।
नेपालको नक्साको स्वरूप नै बिगारेर भद्दा बनाएको भन्दै व्यापक आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदका लागि तयार पारेको प्रतीक चिह्न (लोगो) परिमार्जनका लागि फिर्ता पठाएको छ । 

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधवार एक विज्ञप्ति प्रकाशित गरी घरेलु तथा साना उद्योग कार्यालयमा फिर्ता पठाइएको जानकारी गराएका छन् ।

ब्याज पिनहरूमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले लोगो बनाएको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरमा फिर्ता पठाइएको सचिवालयले जनाएको छ ।

५ हजार ५ सय रुपैयाँका दरले बनाइएको लोगो तीन दिन पहिले सभामुख र राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षले लगाएर सांसदलाई समेत बाँडिएको थियो । 

नेपालको नयाँ नक्साअनुसार सांसदको लोगो परिवर्तन गर्न लागिएको थियो ।

हेर्नुहोस्, विज्ञप्ति :

तपाईंको प्रतिक्रिया