अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा
तुलसीपुर,३ भदौ ।
प्रदेश ५ सरकारले थारु समुदायको अट्वारी पर्वको अवसरमा दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ७ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिईएको हो ।
थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।
तपाईंको प्रतिक्रिया