थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३० हजार नाघ्यो

 भदौ ०५, २०७७

भदौ ५,काठमाडौं । पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् । 

तपाईंको प्रतिक्रिया