दाङमा थपिए ३ संक्रमित

 भदौ ०६, २०७७

तुलसीपुर,६ भदौ ।

दाङमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शुक्रवार ६१ जनाको कोरोना परिक्षण गर्दा तिन जनामा कोरोना पोजेटिभ देखिएको हो । प्रतिष्ठानका अनुसार संक्रमित हुनेमा घोराही ६ की ३२ बर्षिया एक महिला, वडा नम्वर १५ बस्ने ३० बर्षिय एक पुरुष र वडा नम्वर १८ बस्ने २२ बर्षिय एक पुरुप रहेका छन् ।

घोराही उपमहानगरपालिकाको ५ जनाको परिक्षण गर्दा तिन जनाको रिपोट पोजेटिभ आएको हो ।

तपाईंको प्रतिक्रिया