चट्याङ लागेर चार महिनामा ५२ जनाको मृत्यु

 भदौ ०६, २०७७

तुलसीपुर,६ भदौ ।
नेपालमा चट्याङ लागेर चार महिनाको अवधिमा ५० जना भन्दा बढीको मृत्यु भएको छ । वैशाख यता हाल सम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गते साँझ सम्मको तथ्याङ्क अनुसार दुई सय १७ जना चट्याङ बाट प्रभावित भएका छन् । गत जेठ ३० गते देखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यसु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया