तुलसीपुरका १० कोरोना संक्रमित आईसोलेसनमा

 भदौ ०६, २०७७

तुलसीपुर,६ भदौ ।

तुलसीपुर उपमहानगरमा हाल सम्म ७८ जना कोरोना संक्रमित मध्ये १० जनाको आईसोलेसनमा उपचार भैरहेको छ । अन्य भने उपचार पछि घर फर्किएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन । यस्तै, उपमहानगरले संचालन गरेका राप्तिलाईफ केयर अस्पताल, मावि सेन्टर र पेईङ विगवेली होटलमा गरि अव ३२ क्वारेन्टाईनमा रहेका छन ।

केसीका अनुसार भोली क्वारेन्टाईनमा रहेका रहेका र संक्रमितको कन्ट्याक्टमा रहेका व्यक्तिहरुको स्वाव संकलन गर्ने तयारी छ ।

तपाईंको प्रतिक्रिया