देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित
काठमाडाैँ, ७ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको जानकारी दिए ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । हाल देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् । ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन् ।
तपाईंको प्रतिक्रिया