कोरोनाका कारण थप ८ जनाको ज्यान गुम्यो
काठमाडौँ, ८ भदौ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी गराएका हुन् । मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन् ।
योसँगै कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर १३८ जना आइसियूमा छन् र भेन्टिलेटरमा १५ जना रहेका छन् । यी सबै बाग्मती प्रदेशकै बिरामी रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०,२३४ जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै सोमबारसम्ममा देशभरि ११२७५ क्वारेन्टाइनमा रहेका छन् भने पछिल्लो २४ घण्टामा १७५ डिस्चार्ज भएका छन् ।
तपाईंको प्रतिक्रिया