कोरोनाबाट थप ८ जनाको मृत्यु

 भदौ ११, २०७७

दाङ, ११ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच महिला र तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, काठमाडाैँका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया