थपिए ९२७ कोरोना संक्रमित

 भदौ १२, २०७७

काठमाडौँ, १२ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित १६ हजार १९  रहेकाे छ। हाल देशभर क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् । यस्तै काठमाडाैँ उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडाैँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

तपाईंको प्रतिक्रिया