प्रसुती र ईमरजेन्सी सेवा सुचारु

 भदौ १५, २०७७


तुलसीपुर,१५ भदौ ।
राप्ती प्रादेशिक अस्पतालमा रोकिएको प्रसुती र ईमरजेन्सी सेवा सुचारु भएको छ । अस्पताल विकास समितिको आज बसेको बैठकले आज बेलुकी ५ बजेदेखि इमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने निर्णय गरेको हो । ओपीडी सेवा सुचारु भने केहि समय पछि हुने गरि तयारी गरिहेको अस्पताल विकास समिमितका अध्यक्ष पदम प्रसाद न्यौपानले जानकारी दिएका छन ।

२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि अस्पतालले भदौ १३ गतेदेखि सबै सेवा बन्द गरेर अस्पताललाई सिल गरेको थियो । अस्पताल सिल गरिएपनि भर्ना भएका बिरामीको भने उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया