कोरोनाबाट ४ बर्षिय बालिका सहित ११ जनाको ज्यान गयो
तुलसीपुर,१६ भदौ ।
कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक ४ बर्षका बालिकासहित ११ जनाको मृत्यु भएको आज जानकारी दिए ।
महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया