तुलसीपुरका दुई महिला स्वास्थ्य स्वंयमसेविकामा कोरोना
तुलसीपुर,१६ भदौ ।
तुलसीपुरका दुई महिला स्वास्थ्य स्वंयमसेविकामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा वडा नम्बर ५ का दुई स्वंयमसेविकामा कोरोना संक्रमण देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यस्तै,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत थप २ जनामा जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाप नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना देखिएको हो । अस्पतालमा कार्यरत ९ जनामा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा संकलन गरिएको २५० जनामा कोरोना परिक्षण गर्दा घोराही निवासी विरामी कुरुवा एक महिलामा पनि कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको २३४ जनाको रिर्पोट आउन बाकि रहेको केसीले जानकारी दिएका छन ।




तपाईंको प्रतिक्रिया