दाङमा थपिए ३७ कोरोना संक्रमित

 भदौ २०, २०७७

दाङ, २० भदौ ।
तुलसीपुरका १९ जना सहित जिल्लामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज ४०४ जनामा गरिएको कोरोना परिक्षणमा तुलसीपुरका १८ जना , घोराहीका १८ जना र शान्तिनगर गाउँपालिका १ जना सहित ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले शनिवार जारी गरेको विज्ञप्ती अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १४३ जनाको नमुना स्वाव परिक्षण गर्दा १९ जनामा कोरोना देखीएको हो । यस्तैगरी घोराही र नारायणपुरबाट संकलित १९८ जनाको स्वाव परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

तुलसीपुरमा संक्रमित हुनेमा ८ जना पुरुष र १० जना महिला रहेका छन् । वडा नम्बर १ , ८ र १७ मा १/१ जना, वडा नम्वर ५ र ६ मा ४/४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना,वडा नम्बर १८ मा २ जना , वडा नम्वर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया