नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने

 भदौ २२, २०७७

काठमाडौँ,२२ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।

गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको थापाले जानकारी दिएका हुन् ।बैठकबारे सोमबार बिहान बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हो ।

उक्त बैठकमा पार्टी कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्नेछन् ।

नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

तपाईंको प्रतिक्रिया