डुबेर वेपत्ता भएका युवकको शब निकालियो

 भदौ २२, २०७७

दाङ,  २२ भदौ ।

जलासयमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । डुबेर वेपत्ता भएका युवकको शब २४ घण्टापछी निकालिएको छ । घोराही उपमहानगरपालिका ४ अमारे सोतामा बनाईएको जलाशयमा आइतबार डुवेर बेपत्ता भएका युवकको शब सोमबार दिउँसो प्रहरीले निकालेको हो ।

घोराही ४ गोग्लीका २२ बर्षिय गोपाल सुनार पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । निरन्तर खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रभु सुनारले शब निकाल्न सफल भएको प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

प्रहरी जवान सुनारले यस अघि घोराही १७ गुलरीया तालमा डुबेका दुई जनाको शव पनि निकालेका थिए ।

तपाईंको प्रतिक्रिया