नेबिसङ्घ इकाई सभापति चन्दद्वारा मास्क सहयोग

 भदौ २४, २०७७

तुलसीपुर, २४ भदौ ।

नेपाली काङ्ग्रेस दाङले बीपी कोइरालाको १०७औं जन्मजयन्तीकाे अवसरमा निशुल्क मास्क बितरण गर्दैछ । मास्क वितरण कार्य अाज देखि सुरु भएको छ । उक्त कार्यक्रम अन्तरगत बबई गाउपालिकामा मास्क बाड्नका लागि सहयाेग गर्नेक्रम जारी छ ।

यसैक्रममा नेपाल बिद्यार्थी सङ्घ राप्ती बबई क्याम्पसका इकाई सभापति कैलाश चन्दले ३ सय थान सर्जिकल मास्क सहयाेग गरेका छन । काेराेना बाट बच्नका लागि निशुल्क मास्क बाड्नका लागि मास्क सहयोग गरिएको चन्दले जानकारी दिए । तुलसीपुर ११ बेलटाकुरा निवासी चन्द विभिन्न सामाजिक कार्यमा सक्रिय छन ।

तपाईंको प्रतिक्रिया