डडेल्धुरा अस्पतालले २५०० मा पीसीआर परीक्षण गर्ने
तुलसीपुर , २६ भदौ ।
डडेल्धुरा अस्पतालले दुई हजार पाँच सय रुपैयाँमा पीसीआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।
यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकालाई सो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।
तपाईंको प्रतिक्रिया