हापुर खोलाले कुखुरा बोकेको बोलेरो गाडी बगायो

 भदौ २९, २०७७

तुलसीपुर,२९ भदौ ।

हापुर खोलामा आएको बाढीले ब्रोइलर कुखुराको बच्चा बोकेको बोलेरो गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको उक्त गाडीले ३ हजार कखुराको बच्चा बोकेको गाडी बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहान आएको बाढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको गाडी बगाएपछि गाडीमा रहेका चालक र सहचालकलाई उद्धार गरेको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीमा आएका कारण अहिले अन्य सवारी साधन रोकिएका छन् ।

यता घोराही उपमहानगरपालिका–१२ औलाडाडा बस्ने भागिराम चौधरी र कर्जाही बस्ने डील्ली चौधरीको चट्याङले क्षती पुराएको छ । मानविय क्षती नभएपनि घर चिरा परेको प्रहरीले जनाएको छ । ।

तपाईंको प्रतिक्रिया