शान्तिनगरका दुई कर्मचारी सहित दाङमा थपिए ४४ संक्रमित
तुलसीपुर,२९ भदौ ।
दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणका क्रममा दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । शान्तीनगरमा भेटिएका संक्रमित मध्ये २ जना कर्मचारी रहेको बताईएको छ ।
घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।
तपाईंको प्रतिक्रिया