देशभर थपिए ११७० संक्रमित

 भदौ २९, २०७७

तुलसीपुर,२९ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। हाल ६ हजार ८९२ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १७९ जनाको आईसीयुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया