करेण्ट लागेर दाङमा तीन बालवालिकाको ज्यान गयो
तुलसीपुर,३० भदौ ।
दाङमा करेण्ट लागेर तीन बालवालिकाको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालीका वडा नम्बर १० उत्तर अम्रराई बस्ने बर्ष ४ कि रेणुका चौधरी,बर्ष ८ का प्रसान्त चौधरी र बर्ष ३ का अमृत चाधैरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबत्ता सुमित खड्काले जानकारी दिएका छन ।
सोही गाँउमा मृत्यु पश्चातको शुद्धशान्ती कार्यक्रममा पानी तान्नका लागि मोटर जडान गरिएको र मोटरबाट करेण्ट लिग भएर करेण्ट लागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताएका छन । शवलाई राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
तपाईंको प्रतिक्रिया