खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार

 भदौ ३१, २०७७

काठमाडौं, ३० भदौ ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका थिए । राष्ट्रिय सभामा खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा मन्त्री हुनबाट बञ्चित भए । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि ०७६ फागुन २० गते राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री ‌ओलीले पुन: २१ गते सोही पदका लागि नियुक्त गरेका थिए ।

तर संवैधानिक व्यवस्था अनुसार सांसद नभएका व्यक्ति ६ महिनाभन्दा मन्त्री हुन नपाउने भएकोले उनले ६ महिना पुग्न एक दिनअघि यही भदौ १९ गते राजीनामा दिएका थिए । खतिवडाले गत भदौ २९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीसँगको आत्मियताकै कारण अर्थमन्त्रीबाट राजीनामा दिएको १० औं दिनमा दिनमा नै खतिवडाले पुनः सिंहदरबार प्रवेशको अवसर पाएका छन् । जनस्तरबाट खासै नरुचाइएका खतिवडाको फिर्तीलाई उद्योगी व्यवसायीले सकारात्मक मानेका छन् ।

तपाईंको प्रतिक्रिया